प्रधानमन्त्री राष्ट्रपति भेट्न सितल निवासमा, मन्त्रीहरुलाई ७ बजे बालुवाटरमा बोलाइयो

२० असार, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएकाछन् ।

यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ । यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।