प्रधानमन्त्री सितल निवासबाट बालुवाटार फर्के लगत्तै मन्त्री र राज्यन्त्री पनि बालुवाटार प्रवेश

२० असार, काठमाण्डौ । आजै केही समय अघि राष्ट्रपति भेट्न शितलनिवासमा पुगेका थिए । दुबै जनाको करिब सवा घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

तर राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो यसबारे भने जानकारी गराइएको छैन ।

प्रधानमन्त्री ओली बालुवाटार फर्के लगत्तै मन्त्री र राज्यमन्त्री बालुवाटर बोलाएका छन् ।

ती मन्त्रीहरुका अनुसार ७ बजे प्रधानमन्त्रीले बोलाउनुभएको हो त्यही अनुसार हामी यहाँ आएको बताएका छन् । तर केका लागि भन्नुभएको हो थाहा नभएको बताए ।

तर मन्त्री परिषद् बैठकमा राज्यमन्त्री उपस्थित हुँदैनन् । तर आज राज्यमन्त्री पनि पुगेका छन् बालुवाटार ।