ओली एउटा अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास गरिरहेका छन्

२० असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रित भएर यतिबेला सत्ता युद्ध चलिरहेको छ । नेपालमा सरकारमाथि देखिएको संकटको बारेमा भारतीय पत्रिका इकोनोमिक टाइम्सले आफ्नो दोस्रो पृष्ठमा विस्तारित रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुर्सी बचाउनका लागि नेपाल कम्युनिस्ट पार्टीलाई फुटाउने कोशिस गरिरहेको उल्लेख छ । पत्रिकाका अनुसार यस मामिलामा पाकिस्तान र चीनमाथि ओली सरकार बचाउने खेलमा लागिरहेको आरोप लागेको छ ।

ओलीमाथि राजीनामाको दबाब छ । त्यही भएर उनले अचानक संसदको बजेट अधिवेशनलाई अन्त्य गर्ने फैसला गरेका थिए । पत्रिकाको दाबी छ, ‘ओली एउटा अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास गरिरहेका छन् ।’ रिपोर्ट अनुसार ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि सम्पर्क गरेका छन् ।

ओली दल विभाजनसम्बन्धी अध्यादेश पुनः ल्याउन चाहन्छन् । अध्यादेशको सहयोगले पार्टी फुटाएर ओली सत्तामा विराजमान भइराख्न चाहन्छन् । यसमा उनलाई चीन र पाकिस्तानको समर्थनको रहेको पत्रिकाले दाबी गरेको छ ।

पत्रिकामा भनिएको छ, ‘भारतविरोधी फैसलाको बारेमा ओली पाकिस्तानका प्रधानमन्त्री इमारान खानको पनि सम्पर्कमा रहेका छन् । यसको साथै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि ओलीलाई सत्तामा टिकाइराख्न प्रयासरत
छिन् । हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँ स्थित चियिनाँ दूतावासको पनि हात रहेको छ । होउ नेपालअघि पाकिस्तानमा तीन वर्ष रहेकी थिइन् ।’

ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ । ओलीले बिहीबार संसद बजेट सत्रलाई स्थगित गर्ने निर्णय लिएका थिए जसलाई राष्ट्रपतिले स्वीकृत गरेका छन् ।

नेकपाको स्थायी समितिमा कूल ४४ सदस्य रहेका छन् । जसमध्ये ३० जनाले ओलीले राजीनामा माग गरेका छन् । अधिवेशन अन्त्य गर्दै ओलीलाई आफ्नो पक्षमा समर्थन जुटाउन र संसदमा तत्काल अविश्वास प्रस्तावबाट बच्ने समय मिलेको छ ।

त्यस्तै, अध्यादेशले ओलीलाई बहुमत पुर्याउन र पार्टी फुटाउन सहज हुनेछ । ओलीविरुद्ध पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत रहेका छन् ।

स्रोतः इकोनोमिक टाइम्सर बीबीसी