पार्टी फुट्दैन र फुट्न पनि दिइने छैन

जनार्दन शर्मा ‘प्रभाकर’

२० असार, काठमाण्डौ । पछिल्लो समय नेकपा भित्रको चर्को विवाद सृजना भई पार्टी नै फुट्ने अवस्थामा पुगेपछि हिजो र आज त्यसको निकास खाजेर पार्टी एकतावद्ध गर्ने प्रयास भइरहेका छन् । यही बिषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश पार्टीू संयोजक जनार्दन शर्मा प्रभाकरले पार्टी फुट्न नदिइने बताएका छन् ।

आज शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले सामाजिक संजाल फेसबुकमार्फत् सो विषयमा आफ्नो धारणा राखेका छन् उनी लेख्छन् ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन । फुटाउन पनि दिइँदैन ।

नेकपाभित्र देखिएको विवाद कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको पनि उल्लेख गरेका छन् ।

‘ हाम्रो पार्टी भत्रको विवादलाई सीमित नेताहरूको समस्याका रूपमा मात्र नहेरौं यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको छ,’ नेता शर्माले भनेका छन््, ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन ।

पार्टीलाई एकतावद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता÷कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताएका हुन् । शर्माले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने उल्लेख गरेका छान् ।

‘एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझावका आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं,’ शर्माले भनेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार्य गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु ।

आफूलाई पार्टी एकताको एक अभियन्ताका रूपमा अर्थ्याउँदै थपेका छन्, ‘सबै नेता, कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु ।