कोरोना भाइरसलाई जितेर ८२३ जना घर फर्किदा एक जनाको कोरोना रोगबाट मृत्यु

१९ असार, काठमाण्डौ । देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज ७४० जना संक्रमित हुँदा ८२३ जना कोरोनाभाइरस संक्रमणबाट निको भएर घर फर्केका छन् ।

योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

अब क्यान्सर र मधुमेहका बिरामीहरुको कोरोना परीक्षण गरिने भएको छ ।

यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको भएको छ ।

पीसीआर परीक्षण

आज शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् ।

आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् ।