आज सर्बाधिक ७४० जनामा कोरोना संक्रमित

१९ असार, काठमाण्डौ । आज शुक्रबार कोरोना संक्रमितका सर्बाधिक ७४० जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमति बृफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका
हुन् ।

योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।