तत्काल युद्धबिराम गरौ

नेकपा युवा नेताहरु

१९ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको फुटको संघारलाई ख्याल गर्दै दोस्रो पुस्ताका नेताहरु एकै ठाउँमा भेला भएका छन् र, पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो विवादले पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत मिलेको शीर्ष नेताहरुले नै बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्कोतिर छन् । यद्यपि सहमतिको प्रयास जारी छ ।

आज दुबैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको छ । बैठकमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी
थिए ।

बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । ‘यसका लागि युवद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुन खालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।

त्यसपछि पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडल खोजी गर्ने नेताहरुले बताएका छन् । यसका लागि अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले बताएका छन् ।