Breaking News

बिदामा आएर रोकिएकाहरुको श्रम स्वीकृति सूचारु

१८ असार, काठमाण्डौं । कोरोना भाइरसका कारण रोकिएका बैदेशिक रोजगारीको लागि सरकारले पुनः श्रम स्वीकृति (रि (इन्ट्री) दिन थालेको
छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।

अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागकाले जानकारी दिएको छ । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालिएको हो ।

नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ ।

काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाा जाने कामदारको हकमा पनि निर्णय गर्न
सक्नेछ ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । विभागका महानिर्देशक दाहाल जानैपर्ने अवस्थामा कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने बताउँछन् ।