आज देशभर कहाँ कति कोरोना संक्रमित थपिए डाटा सहित

१८ असार, काठमाण्डौं । आज देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा सबैभन्दा धेरै कैलालीमा कैलाली १६५ जना संक्रमित थपिएका छन् । यस्तै, डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१-३१ जना, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १० जनामा संक्रमण देखिएको छ ।

मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४–४ जना, तनहुँ र दैलेखका ३–३ जना, चितवन, दोलखा, पर्वत र स्याङ्जाका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका एक-एक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।