पार्टी जोगाउन मेरो हरदिन प्रयास रहन्छ तर पहिलो अध्यक्ष नै पार्टी फुटाउन प्रयासरत हुनुन्छ

अध्यक्ष, प्रचण्ड

१८ असार, काठमाण्डौं । केही दिन याता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सत्ता समिकरण र पार्टीभित्रको विवादका कारणले चरम रुप लिन थालेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएछि प्रचण्डले स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका थिए । उनले पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने बताएका छन् ।

संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई अस्वीकार गरेको र (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउने कुरा पनि आइरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक–पटक आग्रह गरेको छु, तर उहाँ आउन मान्नुभएको छैन ।

यद्यपि पार्टी एकतालाई जोगाउन आफूहरूको अहिले पनि प्रयास गरिरहेको प्रचण्डले बताएका छन् । ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरूसँग सम्वाद गर्न समय चाहिएको उनले बताए । त्यसअनुसार नै स्थायी कमिटी बैठक पर्सि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन भोलि दिनभर प्रयास गर्छु भन्दै समय मागेको र त्यसअनुसार बैठक पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका छन् ।