आज देशभर ४७३ कोरोना भाइरसका संक्रमित मध्यमा काठमाण्डौंमा २८ जना

१८ असार, काठमाडौं । कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज ४७३ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।

आजका संक्रमित मध्यमा काठमाडौंमा २८ जना संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये २८ जना काठमाडौंका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, ललितपुर र भक्तपुरमा दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ ।