भुवन केसी र राम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी

१८ असार, काठमाडौं । सुपरस्टार नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच आज भोली सामाजिक संजालमा दोहोरी नै चलेको देखिन्छ । एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर साम्राज्ञीले बारम्बार आफ्नो डेब्यु चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् ।

साम्राज्ञीको भिडियो सार्वजनिक भएपछि जवाफ दिँदै नायक भुवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए ।

साम्राज्ञीले भुवनको यो भनाइको पनि जवाफ दिएकी छन् । भिडियोमार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप समेत लगाइन् ।

साम्राज्ञीले भनेकी छन्–‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भनेर सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेकी थिएँ ।
साम्राज्ञी भन्छिन् ‘फिल्ममा काम गर्दा निकै नराम्रो अनुभव भोगेकी छु’
ती कुराहरू केही टाढा बसेर पनि भन्न सकिन्छ नि । गाला जोडेर, टाँस्सिएर भन्नुपर्छ र ? छोएर अब यस्तो नगर है भन्दै गालामा मुख जोडेरै भन्नुपर्छ र ।

साम्राज्ञीले भुवन केसीलाई ‘अंकल’ भनेको मन नपर्ने भन्दै आफूले ‘दाइ’ भन्ने गरेको पनि बताएकी छन् ।

लेखेको स्टाटसमा आक्रोश व्यक्त गर्दै जवाफ दिएकी उनले भुवनलाई नै संकेत गरेको देखिन्छ । उनले आफूमाथि राम्रो व्यवहार भएको भए यस्तो दिन नै नआउने भन्दै आक्रोश पोखेकी छन् ।