अचानक बालुवाटारमा मन्त्रीलाई किन बोलाए त प्रधानमन्त्रीले

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक परामर्श छ भन्दै सबै मन्त्रीहरुलाई बालुवाटार प्रधानमन्त्री निवासमा बोलाएका छन् ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श समेत गरेका थिए ।