आज देशभर कोरोना भाइरसका संक्रमित कहाँ कहाँ थपिए डाटा सहित

१६ असार, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज सबैभन्दा धेरै बाजुरामा ४८ संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जना छन् ।

यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८–८ जना, अर्घाखाँची र रौतहटका ७–७ जना, तनहुँका ६, कैलाली र झापाका ५–५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र

लमजुङका ३–३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २–२ छन् ।

ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।