कतारबाट १५४ जना लिएर जहाज नेपाल आइपुग्यो

१७ असार, काठमाडौं । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

कतारको दोहाबाट त्यहाँको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण भएको छ ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।