पछिल्लो २४ घन्टामा ३१६ जना कोरोना भाइरसका संक्रमित थपिए

१६ असार, काठमाडौं । आज देशभर कोरोना भाइरसका ३१६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

यने सँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १९४ जना डिस्चार्ज भएका
छन् ।