प्रदेश ५ को गुल्मीमा आज बिहान कोरोना भाइरसका ३७ जना संक्रमित भेटिए

१६ असार, गुल्मी । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ ।