पछिल्लो २४ घन्टामा ५५४ जना कोरोना संक्रमित थपिए

१३ असार, काठमाडौं । कोरोना संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

यो सँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।