आज देशभर कहाँ कति कोरोना संक्रमित थपिए एक विवरण

१३ असार, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिने क्रममा आज देशभरमा ५५४ मा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३–१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८–८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७–७ जना, सर्लाही र नुवाकोटका ६र६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५–५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३–३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयकाअनुसार ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको जनाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।