Breaking News

कोरोनाबाट मरेकी महिलाको शव व्यवस्थापन नहुंदा गन्हाउने अवस्थामा

१३ असार, दाङ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापन नहुंदा कुहिने तथा गन्हाउने अवस्थामा पुगेको रहेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनका अनुसार त्यो शव नउठाउंदा सम्म अरू कसैको शव आएमा कहां राख्ने भन्ने समस्या उत्पन्न भएको छ बताइएकोछ ।

प्रशासनका अनुसार हामी कहां शव राख्ने फ्रिजपनि छैन, चार दिन सम्मपनि शव व्यवस्थापन नहुंदा गन्हाउन थालेको छ,’ प्रतिष्ठानका एक चिकित्सकले भने ‘हाम्रा कर्मचारी र स्वास्थ्यकर्मी समेत त्यता जान मानिरहेका छैनन् ।

असार १० गते राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी अधबैंसे ती महिलाको शुक्रवार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

शुक्रबार बेलुका कोरोना संक्रमितको कार्यविधि अनुसार शव व्यवस्थापन गर्न भनेर नेपाली सेना प्रतिष्ठान पुगेको भएपनि शव नलगेर फर्किएको छ । शवलाई प्लाष्टिकले नबेरिएको हुंदा नगरिएको हुंदा नेपाली सेनाले शव उठाएर व्यवस्थापन गर्न नमानेको हो ।

‘मृतक महिलाको शवलाई प्लाष्टिकले ¥याप गरिदिन नेपाली सेनाले प्रतिष्ठानका स्वस्थ्यकर्मीलाई आग्रह गरेछ,’ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले भने ‘तर,प्रतिष्ठानका स्वास्थ्यकर्मीले आफै ¥यापिङ गर्नुहोस भनेपछि सेना शव नउठाइ फर्किएर गएको हो ।

प्रतिष्ठान प्रशासनले भने प्रतिष्ठानका कर्मचारीले नै शव व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गरेको जिकिर गरेको छ ।

‘शव व्यवस्थापन गर्ने काम प्रतिष्ठानको हुंदै होइन,’एक चिकित्सकले भने ‘शव व्यवस्थापन कार्यविधि अनुसार हुनुपर्छ । प्रतिष्ठानका कर्मचारीले नै शव व्यवस्थापन गर्नुपर्छ भन्नु अप्ठेरो कुरा भयो ।

दाङका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका संयोजक गोविन्द्रप्रशाद रिजालले मृतकको आफन्त कोही खोजी गर्दै आउंछ कि भनेर शव राखिएको तर्क गरे ।

मृतकका परिवारका सदस्य कोही खोजी गर्दै आउंछन् कि भनेर शव राखिएको हो,’ प्रजिअ रिजालले भने ‘आज शवको कार्यविधि अनुसार नै व्यवस्थापन हुन्छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकमा मागेर हिड्ने एक अधबैंसे महिलाको असार १० गते राति उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो ।