Breaking News

भिम रावल कड्किंदा सोफा हट्यो ताली बज्यो

१२ असार, काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए । बैठकमा दुई अध्यक्षका लागि ठूला दुईवटा सोफा राखिएका थिए भने सचिवालय सदस्यका लागि भने सामान्य कुर्सी राखिएको थियो ।

यो देखेर नेताहरुले नेकपाको राजनीतिक प्रतिवेदनमा सामन्तवादका अवशेषहरुलाई अन्त्य गर्ने, सत्तामा भएको बेला अहङ्कार, विकृति र कुसंस्कारमा सजग हुने भनिए पनि यो किन विभेद भन्दै उठेर स्थायी समिति सदस्य भीम रावल कड्किएका थिए ।

रावलले दुई नेतालाई सोफा र अन्यलाई सामान्य कुर्सी यो विभेद किन भन्दै रावल कड्किएपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीले तत्काल दुवै कुर्सी हटाएर सामान्य कुर्सी परिर्वतन गरियो । यसो भनेर कुर्चि नै परिवर्तन भएपछि रावलको भनाइलाई समर्थन गर्दै अरु सचिवालयका नेताहरुले ताली बजाएर स्वागत गरेका थिए ।
तर आज बसेको बैठकमा भने मञ्चमा पार्टीको झण्डा देखिएन ।