नेकपा स्थायी समिति आजको बैठक सीमा बिबादकै सकियो भोलि पुनः ११ बजे बस्ने

१२ असार, काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भारतसंगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए । तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको भए पनि भारतले सकरात्मक तत्परता नदेखाएको बताए ।

उनले चीनबाट नेपाली सीमा अतिक्रमण भएको भन्नेबारे पछिल्लो समय आएका समाचार पनि झूटा रहेको स्थायी कमिटी बैठकमा बताए ।

अन्य स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वक्ताहरूले दुई देशका प्रवुद्ध व्यक्तिहरूले तयार पारेको इपिजी प्रतिवेदन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने खालको भए पनि भारत बुझ्न नमानेकाले समस्या भएको बताएका थिए ।

‘अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।