आज कोरोना भाइरसका संक्रमित ५९३ थपिदा १ जनाको मृत्यु

१२ असार, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिने क्रममा आज ५९३ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । साथै एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गरिने बृफिङमा दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । उनको पहिचान गर्ने र परिवारसंग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।