लकडाउनले कलाकार कामबिहिन शूचारु गर्न माग

१२ असार, काठमाडौं । कोरोना कहरका कारण विगत ३ महिनायता फिल्म निर्माण, प्रदर्शनदेखि सम्पूर्ण गतिविधिमा पूर्णबिराम लागेको छ । जसका कारण यो क्षेत्रमा निर्भर प्राविधिकदेखि कलाकारसम्म कामबिहिन बनेका छन् ।

सरकारले पछिल्ला दिन लकडाउन केही खुकुलो गरेको छ । तर, मनोरञ्जन क्षेत्र भने अर्काे चरणमा मात्र खोल्ने नीति लिएको छ । सरकारको यो नीतिका कारण मनोरञ्जन क्षेत्रमा आश्रित हजारांै फिल्मकर्मीको अवस्था दिन प्रतिदिन बिगँ्रदो छ । कतिपयलाई त दैनिक छाक टार्न समेत समस्या देखिएको छ ।

यो अवस्थामा कतिपय फिल्मकर्मीले कोरोनासँग जुधेरै भएपनि फिल्मी गतिविधि पुनः सञ्चालन गर्नुपर्ने धारणा राखिरहेका छन् । अभिनेता निर्देशक अनुप बरालले पनि अब फिल्मी गतिविधि सञ्चालन गर्नुपर्ने माग गरेका छन् । चलचित्र पत्रकार संघ, कास्की शाखाले सामाजिक दूरी कायम राख्दै हालै पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र, चुनौती, यथार्थ र सम्भावना’ विषयक कार्यक्रममा बरालले सो कुरा बताएका हुन् ।

‘तीन महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सञ्चालनमा ल्याउन अब ढिला गर्नु हुँदैन’ बरालले भने– ‘कोरोनासँग लडेरै फिल्म निर्माण र प्रदर्शन गर्नुपर्छ ।’ केही मापदण्ड बनाएर फिल्मी गतिविधि सञ्चालनमा ल्याइनुपर्ने बरालको भनाई रहेको थियो । ‘फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन डर हटाउनुपर्छ र डर हटेपछि दर्शक पनि फर्किने छन्’ उनले थपे । कार्यक्रममा कलाकार माओत्से गुरुङ र हल सञ्चालक निकेश द्वा लगायतले फिल्म निर्माण र प्रदर्शनको गतिविधि पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।