देशभर कोरोना भाइरसका संक्रमित कहां कति थपिए विवरण सहित

१२ असार, काठमाण्डौं । कोभिड–१ढ का संक्रमित बढ्ने क्रममा आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५–२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२–१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६-६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४-४ जना, काठमाडौं, अर्घाखांची, दार्चुला, सल्यान र जुम्लाका ३र३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २–२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एकरएक जनामा संक्रमण देखिएको छ ।
यो संगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।