Breaking News

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो।

पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए।

‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने।

उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्।

पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट संभव भएसम्म प्लेनमार्फत् आजै बेलुकी काठमाडौं लगिने भएको छ।

उनीविरूद्ध केकस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन।