Breaking News

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान लिओनल मेसीका नाममा दर्ज

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान अब लिओनल मेसीका नाममा दर्ज भएको छ।

अस्ट्रियाविरूद्ध भरखरै सकिएको खेलमा २ गोल गरेर अर्जेन्टिनाका मेसीले यो कीर्तिमान राखेका हुन्।

उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।

३८ वर्षको उमेरमा पनि जादुमय खेल प्रदर्शन गरिरहेका मेसीले आजको खेलमा थप दुई गोल गरेर क्लोजलाई उछिनेका छन्।

यो रेकर्ड राख्नुअघि आजकै खेलमा मेसीले एउटा पेनाल्टीमा गोल गर्ने अवसर चुकाएका थिए। तर त्यसको कमी उनले केही मिनेटमै पूरा गरे।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरू :

१. लियोनेल मेस्सी (अर्जेन्टिना) १७ गोल
२. मिरोस्लाभ क्लोज (जर्मनी)  १६ गोल
३. रोनाल्डो (ब्राजिल)  १५ गोल
४. गर्ड मुलर (पश्चिम जर्मनी)  १४ गोल
५. केलियन एम्बाप्पे (फ्रान्स)  १४ गोल