आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिनमा आफूलाई जन्म दिने आमालाई सम्झदै आमाको दीर्घायु, सुख, शान्तिको र स्वास्थ्यको कामना गर्दै आमालाई सम्झिने गरिन्छ। साथै मृत आमाको चिर शान्तिको कामना गर्दै सम्झने गरिन्छ। आज काठमाडौँको चन्दागिरी नगरपालिका मातातिर्थ कुण्डमा मातातिर्थ औंशी अर्थात् भेला लागिरहेको छ। देशै भरबाट पाल्नुभएका भक्तजनहरुले आफ्नी मृत आमाको चिर शान्तिको लागि प्रार्थना पूजा तथा आराधना गरिरहेका छन् ।
मातातिर्थ कुण्डमा आफ्नी मृत आमाको लागि हिजो राति नै कुण्ड क्षेत्रमा आमाको नाममा दिप प्रज्वलन गरी रातभरि जागाराम बसेर बिहानै कुण्ड क्षेत्रभित्र रहेको आमाको मूर्तिमा पुजाआज गरी मृत आमाको सम्झना गरिरहेका छन् । यो क्रम दिनभरि चलिरहन्छ । राति आएर जागाराम बस्न नसकेकाहरु बिहानै देखि दिनभरी आउने क्रम जारी छ । मृत आमाको शान्तिको कामनाका लागि माता तथा आमाको नाममा दीप प्रज्वलन र पूजाआजा गर्दछन्। कोही कोहीले आमाको नामका कुण्ड क्षेत्र संरक्षण र विकासका लागि सक्दो आर्थिक सहयोग पनि गरिरहेका छन्। आजको दिन धेरै भक्तजनको भिड लागिरहेको छ। कोही आमाको दर्शन गरिरहेका छन् । कोही भक्तजनको रुपमा दर्शन गरिरहेका छन् ।
त्यत्तिकै मात्रामा रमाईलो हेर्ने र आमाको पुजाको लागि आउतजावत गरिरहेका छन् । व्यापारीहरु आफ्नो व्यापार खानेकुराका स्टल, लत्ता कपडा, फलफुल अन्य खाद्य सामग्री जस्ता अनेकौं व्यापारिकहरु आफ्नो व्यापार थापेर बसिरहेका छन् । भक्तजनहरु आउने र जाने क्रम जारी छ । मातातिर्थ कुण्डदेखि एक किलोमिटर तल पृथ्वी राजमार्ग गु्रजुधारासम्म नै भक्तजनको आवतजावत भइरहेको छ । सडकको वारपारमा क्षेत्रमा व्यापारीहरुले आफ्ना विभिन्न व्यापारहरु राखेर व्यापार गरिरहेका छन् । सवारी साधनहरूलाई आवतजावतमा रोकिएको छ । मातातीर्थ संरक्षण विकास कोषले भक्तजनहरूको लागि दर्शन र पूजाआजा गर्नको लागि व्यवस्थापनमा राम्रो वातावरण मिलाइरहेको छ। प्रत्येक वर्ष वैशाख कृष्ण औशीका लाग्ने मातातीर्थ मेला हो। यस मेलामा अर्थात् यस पवित्र मातातिर्थ कुण्ड क्षेत्रमा भक्तजनहरुले सकेसम्म पाइला टेकेर आमाको दर्शन र प्रार्थना गरिरहेका छन् ।
आजको दिन आफुलाई जन्मदिने आमाको मुख हेर्ने अवसर पारेर सँगै रहेका छोराछोरीले आमाको दीर्घायु र स्वास्थ्यको कामना गर्दै मीठा खाने कुरा र राम्रो लुगा लगाइदिएर आमालाई चिटिक्क पारेर खुशी पारिरहेकाक छन् । भने आफ्नो आमाबाट टाढा भएका छोराछोरीहरुले सामाजिक सञ्जाल र फोनबाट दिर्घायुको कामना सहित सम्झिरहेका छन् ।

