Breaking News

आज मातातिर्थ औशीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना : हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

आज मातातिर्थ औशी ( आमाको मुख हेर्ने दिन ) को अवसरमा प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री शाहले भनेका छन्( माता र मातृभूमि स्वर्गभन्दा पनि महान्
हुन्छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘हे जननी १ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।

‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।