दुई जनाको मृत्यु र काठमाण्डौंमा ९ सहित कोरोना संक्रमित कहां कति थपिए विवरण

११ असार, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज देशभर ४३४ जनामा कोरोना देखिएको छ । मन्त्रालयको नियमित ब्रिफिङमा जनाए अनुसार काठमाडौं उपत्यकामा पनि ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३र१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुं र धनुषाका ९–९ जना, बाजुरा र सप्तरीका ८–८ जना, प्युठान र रुपन्देही ७–७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६–६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५–५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३र३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २–२ मा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहका बिरामी समेत रहेका उनी ८ असारमा अस्पताल भर्ना भएका थिए ।

यस्तै, पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको पनि मृत्यु भएको छ । करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका उनी नर्भिक अस्पताल पुगेका थिए । कोरोना पुष्टि भएपछि पाटन रिफर भएका थिए ।

उनको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

आजै कोरोना संक्रमित ३१२ जना निको भएर डिस्चार्ज भएका छन् ।