यूएईबाट खरिपाटी क्वारेन्टाइनमा बसेर घर गएका ४ जनामा कोरोना भाइरस संक्रमित

११ असार, काठमाण्डौ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएको थियो ।

लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ दिन बसेपछि स्वाब संकलन गरेर पठाइयो । त्यसको तीन दिनपछि उनीहरु घर गए ।

तर आज बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।