Breaking News

सांसदहरुले पद तथा गोपनीयताको शपथ खाए

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाका नयाँ सांसदहरुले आज पद तथा गोपनीयताको शपथ खाएका छन् ।

सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा सांसदहरूले शपथ लिएका हुन्।

स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण गराइएको हो।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूले शपथ ग्रहण गराएका हुन्।

नयाँ संसद भवन तयार नहुन्जेल यही संरचनामा संसद बैठक बस्नेछ।