Breaking News

म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । भोलिबाट जननिर्वाचित नयाँ सरकार आउने भएकाले उनकोे कार्यकालको आज अन्तिम दिन पनि हो । यसै अबसरमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै भनिन्, आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी छन् । जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् ।

‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ । अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु