पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउंदा रहेछन्

प्रधानमन्त्री, केपी शमा ओली

१० असार, काठमाण्डौं । सत्तारुढ नेकपाको आज देखि शुरु भएको स्थायी समिती बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीमा चौतर्फी घेराबन्दीमा परेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको गुनासो पोखेका छन् ।

संसारभरि कम्युनिष्टहरू कमजोर भएको बेला नेपालमा दुई तिहाइ बहुमतको सरकार कम्युनिष्टको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय जगतलाई समेत मन नपरेको उनले बताए ।

चौतर्फी समस्याका बीचमा पनि सरकारले सकरात्मक काम गरिरहेको भए पनि पार्टीभित्रै बाट साथ नपाएको ओलीको गुनासो रहेको छ ।

लिम्पियाधुरासम्मको भू–भाग समेटेर नक्सा जारी गरेकोमा भारतीय पक्ष खुसी नरहेको ओलीले समेत उनले बताए ।

यही बेला भारतसंग सीमा विवाद झेल्नुप¥यो । सीमाको विषयमा भारतीय सेनापति बोल्नु भनेको हस्तक्षेप नै हो । रोनाभाइरसको महामारी पनि यही बेलामा भयो । तर हामीले नियन्त्रणका लागि सक्दो काम गरेका छौं । यही बीचमा विकास निर्माणका काम पनि भएका छन् ।

मृत्यु भएका सबैको कोरोना कारण होइन । विश्व स्वास्थ्य संगठनका कारणले मात्रै यो संख्या देखिएको हो,’ ओलीले भनेका थिए,’कानुनी रूपमा देखाउन परेको भए पनि व्यवहारिक रूपमा यो संख्या यथार्थ होइन ।

प्रधानमन्त्रीले बोल्ने क्रममा आफुले ल्याएर फिर्ता गर्नु परेको राजनीति बिभाज र संबैधानिक परिषद्बारे अध्यादेशको बचाऔ गर्दै राम्रो सोचले अध्यादेश ल्याइएको भए पनि पार्टीभित्रै बाट असहयोग भएकोले फिर्ता गरेको बताए ।

विधेयकले पार्टी फुट्छ भनेर गलत कुरा गरियो । संवैधानिक आयोगहरूमा पनि पार्टीका मान्छेहरूलाई नियुक्त गर्न सकिन्थ्यो । हाम्रो आधा कार्यकालमा समेत संवैधानिक निकायमा नियुक्ति गर्न सकिएको छैन ।

हाम्रा साथीहरूले आफ्ना असन्तुष्टि पार्टीका बैठकमा राखे हुने हो तर बाहिर भन्दै हिँड्नुहुन्छ । पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउंदा रहेछन् । जस्ना दुखेसा र गुनासा पोखेका थिए ।