बहुमत एउटा व्यक्तिका लागि आएको होइन । यो नेकपाका लागि आएको हो, यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान सक्छ ।

अध्यक्ष, प्रचण्ड

१० असार, काठमाण्डौं । आजबाट शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट नेकपा का स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको स्थायी कमिटी बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको खुलासा
गरे ।

प्रचण्डले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था उत्पन्न भएको बताए ।

हामीले पार्टी एकता गर्ने बेलामा कुनै मोर्चा बनाएर जाने कि भनेर समेत मलाई सुझाव आएको थियो । कतै त्यही गरेको भए राम्रो हुन्थ्यो कि भन्ने समेत सोच आउने गरेको छ । तर अब हामी पार्टी एकताबाट पछि हट्न सक्दैनौं । यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ ।

प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेको समेत बताए ।

अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन । यो नेकपाका लागि आएको हो,’ अध्यक्ष प्रचण्डले भने,’ अहिले यो अनूभुति भएको छैन । यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ ।

सरकारको कामबाट जनता खुसी नभएको भन्दै प्रचण्डले पार्टीको काम पनि सही ढंगले अगाडि बढ्न नसकेको बताए ।

पार्टी र सरकार सबैमा एउटै व्यक्तिको दबदबा बढेको छ । कार्यकारी अध्यक्षको भूमिका रहे पनि त्यो अनुसारको काम भएको छैन । विगतमा भएका सहमति र समझदारी कार्यान्वयन हुन सकेको छैन । यस्तै पाराले पार्टी अगाडि बढ्न
सक्दैन ।

२०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर गल्ती भएको संकेत समेत प्रचण्डले गरेका थिए ।