Breaking News

देशभर कहाँ कति कोरोनाका संक्रमित थपिए विवरण सहित

१० असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिन कोरोना अपडेटअनुसार आज सबैभन्दा धेरै कैलालीमा १५१ जना संक्रमित थपिएका छन् ।

यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०–१० जना छन् ।

यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९–९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५÷५ जना, बैतडी, दैलेखका ४÷४ जना, गोरखाका ३, पर्वत र धादिङका २र२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ । अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा राखिएका छन् ।