Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमततिर : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

२३ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमततिर गएकोदेखिन्छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले २० स्थानमा जित हासिल गरेको छ भने ९७ स्थानमा अग्रस्थानमा रहेको छ । यस हिसावले गर्दा रास्वपा प्रत्यक्ष र समानुपातिक सहित स्पष्ट बहुमतका साथै दुई तिहाईको नजिक जाने सम्भावना देखिन्छ । मतपरिणाम अनुसार देशकै राजधानी काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् ।

९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।

काठमाडौं १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि पारेका छन् ।

काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं ५ मा सस्मित पोखरेल, ‍‍‍ ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।

काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।