काठमाडौँ । हिजो सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा अहिलेसम्म पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ ।
नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् ।
अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन ।
रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
मतगणना जारी रहेको छ । अहिलेसम्म प्राप्त समाचार अनुसार रास्वपा १०५ स्थानमा अग्रता, नेपाली काँग्रेस ११ स्थानमा अग्रता, नेकपा ८ स्थानमा अग्रता, एमाले ११ स्थानमा अग्रता र अन्य ६ स्थानमा अग्रता रहेको छ । बाँकी केही क्षेत्रको मतगण सुरु हुने क्रममा रहेको छ ।

