२३ फागुन, बेनी । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
फागुन २१ गएको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र रुपमा उम्मेदवार उठेका थिए ।
जेनजी आन्दोलनपछि उनलाई सुशीला कार्कीको अन्तरिम सरकारमा शिक्षा मन्त्री भएका थिए । तर उनले मन्त्रीपदबाट राजीनामा दिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
म्याग्दीबाट प्राप्त मत परिणाम अनुसार पुनले २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको
छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आएका हुन् । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको ब्यवस्था मिलाउने नीति बनाउने उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

