अन्तत आज प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ। केही छिटपुट घटना बाहेक शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो । यसबीचमा धेरै खालका टिका टिप्पणी आइरहेका थिए । कसैले यो निर्वाचन हुन सक्दैन, कसैले यो व्यवस्था बदल्नुपर्छ, कसैले भङ्ग भएको प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ, कसैले निर्वाचन नै हुन दिन्न ? भन्ने जस्ता खालका टिकाटिप्पणी बीचमा देशैभर एकै चरणमा निर्वाचन सम्पन्न भएको छ। यसको लागि प्रधानमन्त्री सुशिला कार्कीलाई धन्यवाद भन्नैपर्छ ।
प्रधानमन्त्री कार्कीको दरिलो मुटु र काम गर्ने अठोटका कारण आज अनेकौ बाधा, धम्की, किचलो, आन्दोलनका धम्कीका साथै अनेकौ परिस्थितिको बावजुद आज प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा उल्लेख्य जनताको सहभागितामा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। जेन्जी आन्दोलनपछि देशी विदेशी प्रतिक्रियावादीहरूले चलखेल गर्न खोजे पनि तिनीहरूको योजना र तौर–तरिकालाई निस्तेज पार्दै निर्वाचन सम्पन्न भएको छ। व्यवस्था र संविधानलाई बचाउँदै सम्पन्न भएको निर्वाचनबााट आएको नयाँ सरकारले मुलुक समृद्धि र युगन्तकारीतर्फ बढोस् शुभकामना नेपाली जनतालाई ।

