Breaking News

मकवानपुरमा एक आफसमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते

मकवानपुरमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन्।

गएराति पौने १२ बजे मकवानपुरको मनहरि गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा बस र ट्रक ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउदै गरेको प्र.१-०१-००१ ख ४७६८ नम्बरकको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा  १४ जना घाइते भएका छन्।

तीमध्ये २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको सिमसि चुरेहिल अस्पतालमा हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।