Breaking News

कलाकारहरूका लागि घोडचडी तालिम आयोजना गर्दै

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि बढीलाई रोजगारी दिँदै आइरहेको यस कम्पनीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ l डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, होटल म्यानेजमेन्ट, एडमिनिस्ट्रेसन, उद्घोषण, समाचारवाचन, कलाकारिता जस्ता अन्य थुप्रै पेशामा रोजगार प्रदान गर्दै आइरहेको छ l

यस सृजना सूत्रले महापुरुष, आउट ल, विज्ञापन, वाइल्ड फ्लावर, परस्त्री, ११:५५, गोरखा वारियर, उचाइ जस्ता थुप्रै फिल्महरूमा थिएटरदेखि कलाकारितामा मोह भएका व्यक्तिहरूलाई रोजगारी दिँदै आइरहेको छ।

ह्वाइट हर्स एग्रो भिल्ला र सृजनासूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडचडी तालिम सञ्चालन हुन लागेको छ l यस तालिमले कलाकारलाई धेरै नै सहयोग पुर्‍याउने अपेक्षा राखेको छ। पाँच दिने तालिम पछि प्रमाणपत्र पनि वितरण गर्ने सृजना सूत्रका अध्यक्ष सुभाष श्रेष्ठ प्रधानले
बताए l सबै उमेरका व्यक्तिले यस तालिममा सहभागिता जनाउन सक्नेछन्।