Breaking News

जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हिजो आज सामाजिक संजालमा आएका भ्रमलाई चिर्न आज पाटीै कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी संयोजक प्रचण्डले व्यवस्था बदलेजस्तै अवस्था पनि बदल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पत्रकारमा नेकपाले १५ बुँदे अपिल जारी समेत गरेको छ ।

व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ। यो हाम्रो दृढ प्रतिज्ञा हो, नेकपाले भनेको छ।

नेकपाले विगतको कमिकमजोरीप्रति आत्मालोचना गर्दै कमि कमजोरीलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेकपाले लामो संघर्ष गरी स्थापना गरेको प्रणालीलाई परास्त गर्न अनेक षड्यन्त्र भएको र त्यस्ता षड्यन्त्रहरूलाई परास्त गर्दै सुदृढ र सुस्थिर बनाउँदै विकास गर्न चाहेको उल्लेख गरेको छ।

प्रचण्डले भने, हिजो आज सामाजिक संजालमा आएको जस्तो त्यस्तो कुनै तालमेल र साँठगाँठ कसैसँग नभएको समेत बताए । बाहिर हल्ला भएजस्तै नेकपा र एमालेले केही सिटमा तालमेल गर्दैछ भनेर जो हल्ला फैलाएको छ त्यो वाइजात हल्ला मात्र हो । हामी निर्वाचनमा कोही सँग तामेलमेल गर्दैनौ । १६५ निर्वाचन क्षेत्र मध्य एक क्षेत्र बागलुङ एक मात्र तालमेल भएको अरु १६४ क्षेत्रमा नै नेकपाका उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी समेत उक्त अवसरमा दिएका थिए ।

निर्वाचनमा कसैसँग तालमेल हुँदैेन