Breaking News

पाल्पामा टिपर दुर्घटना चालकको मृत्यु

हिजो राती पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिजो बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका–१ मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा टिपर चालक रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो।

उनलाई उद्धार गरी गम्भीर अवस्थामा लुम्बिनी मेडिकल कलेजमा पुर्‍याइएको थियो। चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिए।

दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।