Breaking News

चुनाव नजिकिदै जाँदा देउवा सिगापुर हिडे

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब एक हप्ता मात्र बाँकी छ । देश चुनावमय भइरहेको बेला नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हिजो राती सिंगापुर उडेकाछन् । एक उच्च स्रोताका अनुसार देउवा स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएको बताइएको छ।

गएको पुष २७ देखि ३० सम्म काठमाडौंमा चलेको काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएको देउवा भूतपूर्व सभापतिमा सिमित भएका थिए । यद्दपी काँग्रेसको बिशेष महाधिवेशनमा देउवा पक्षको सहभागिता थिएन । देउवाले बिशेष महाधिवेशनलाई मान्यता समेत दिएका थिएनन् । बिशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्य समिति निर्वाचन आयोगमा अध्यावधि भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।

भाद्र २४ गते जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । दुवै घाइते भएपछि नेपालको उपचार पछि थप उपचारका लागि देउवा सिंगापुरमै उपचार गराएका थिए ।

पूर्व प्रधानमन्त्री देउवा चुनावको मुखमै उपचारको नाममा सिंगापुर उडेका छन । तर उनी यसपटक उम्मेदवार पनि छैनन् । हिजोसम्म उनी कुनै चुनावी कार्यक्रममा समेत गएका थिएनन् र कुनै राजनीतिक गतिविधिमा देखिएका थिएनन् । तर पनि देउवाको योे सिंगापुर यात्रा उपचारकै लागि हो भने चुनावपछि जाँदा पनि हुन्थ्यो ।