आइसिसी टी-२० विश्वकपमा बिहीबार दुई खेल हुँदैछ।
सुपर-८ को समूह ‘ए’ का दुई खेल आज हुन लागेको हो। दुवै खेल भारतमा हुनेछ।
पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्दैछन्।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अपराह्न सवा ३ बजे वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्नेछन्।
यी दुवै टोलीले पहिलो खेलमा फराकिलो जित निकालेको थियो।
वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले हराएको थियो।
दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो।
पहिलो खेलमा पराजित भएका भारत र जिम्बाब्वे साँझ सवा ७ बजे चेन्नाईको एमए चिदम्बरम स्टेडियममा भिड्दैछन्।
यो खेलमा पराजित हुने टोली बाहिरिनेछ। विजेताको भने सेमिफाइनल सम्भावना जीवित रहनेछ।
समूह ‘बी’बाट श्रीलंका बाहिरिसकेको छ।

