Breaking News

लुटतन्त्र नियन्त्रण र सुशासन कायम गर्नका लागि मेरो उम्मेदवारी

लामोकालदेखि सामाजिक तथा पर्यटन क्षेत्रमा कार्य गदै आएका बौद्धिक व्यक्तित्व ढकबहादुर कार्की (डिबी) कार्की एक असल र विकास प्रेमी व्यक्ति हुन । पछिल्लो चरणमा नेपालमा भएको व्याप्त भ्रष्टाचार र राजनीति अस्थिरताको कारण देशका हरेक क्षेत्रमा बितृष्णा उत्पन्न भएको बेला आउँदो फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनु भएकाले उहाँसँग यसै बिषयमा समर रोकायाले लिएका बिचारहरु मतदाता तथा समग्र नागरिक समक्ष राख्दछौं ।

तपाईँको हिस्टोरी छोटकरीमा बताइदिनुस् ?

म डीबी कार्की। २०४३ साल विद्यार्थीकालदेखि आजसम्म पनि शतप्रतिशत सामाजिक र रूपमा सरिक छु। असहाय बालबालिकाहरू विरुद्ध नागरिक तथा महिला सचेतताका लागि जोडदार आवाज उठाउँदै आएको छु। साथै देशको राष्ट्रियता पर्यटनलाई पहिलो स्थानमा राख्दै नागरिक कर्तव्य निभाउँदै आएको छु।

चुनावको प्रचारप्रसार कस्तो भइरहेको छ ?
म घर घरमा गई देशको समसामयिक विषयवस्तुको बारेमा भलाकुसारी गर्दै अघि बढिरहेको छु। जनभावनाको कदर गर्दै हातेमाले गरिरहेको छु जनताका वास्तविक मुख्य विषय नै लक्ष्य हुन् ।

तपाईंका चुनावी एजेण्डा के के छन् ?
मेरो चुनावी एजेन्डा : आत्मनिर्भर, नेपाल तीव्र आर्थिक विकास सुशासन नागरिक स्वतन्त्रता स्वतन्त्रता तथा रोजगारका लागि तीव्र गतिमा विदेश पलायन युवा शक्ति र परनिर्भर आधाररित जनशक्तिलाई स्वदेशमा नै रहनका लागि बहुउद्देश्य परियोजनाहरू सुरु गर्ने ।

राजनीति त छल पकट र फोहोरी खेल भन्छन् त व्यवसाय नै ठिक थियो होला नि त ?
हाम्रो देशमा छलकपट र व्यथिति रहेको छ । भ्रष्टाचारले जरा गाडेको छ। नातावाद र कृपावादले जरा गाडेको छ । म वास्तविक समाजसेवी भएको हुनाले धन, दौलतप्रति कुनै चासो छैन। मेरो आदरणीय आमा बुवा नै असल समाजसेवी भएको हुनाले, वंश नै सकारात्मक सोचमा हिँड्ने मूलधार भएको हुनाले परिवर्तनका लागि पाइला चालिराखेको छु।

 आफ्नो व्यवसाय र अन्य सामाजिक कार्य छोडेर किन राजनीतिमा लाग्नुभयो ?

जनताको रगत र पसिनालाई देश विकासका लागि तिर्नु भएको छ तर त्यो विकासमा खर्च नगरी बदमासी तरिकाले लुटतन्त्र गरिरहेको हुनाले नियन्त्रणका लागि साथै सुशासन कायम गर्नका लागि मेरो उम्मेदवार हो ।

राजनीतिमा लाग्नु नै थियो भने स्वतन्त्रभन्दा कुनै राजनीतिक दलमा आवद्ध भए राम्रो हुन्थेन ?
हाम्रो देशका सबै राजनीतिक दलहरू प्रजातान्त्रिक सुशासन अनि सभ्यतामा नहिडेको हुनाले विचारहरुमा आमूल भिन्नता भएको हुनाले फोहोरको डंगुरमा मिसिन सकिन । प्रस्तावहरु निकै आउँछन् तर सुधारका लागि दिएका सुझावहरु नै पालना गर्न असमर्थ भएको हुनाले स्वतन्त्रता नै सबैभन्दा उत्कृष्ट स्थान भएको छ।

मतलब स्वतन्त्रभन्दा राजनीतिक दलबाट सहज हुन्थ्यो कि भनेको ?
प्रसन्नको लागि हार्दिक आभार । तर विचार र लक्ष्यमा आकाश जमिनको अन्तर भएको हुनाले फोहोरको थुप्रोमा समाहित हुन नसकिएको हो । क्षमताहीन र अपारदर्शिताले भरिएका अनुहारहरूसँग कार्यगत एकता हुन सक्दैन । सुशासनका लागि महान त्यागी नेतृत्वको विकल्प अर्को छैन।

फागुन २१ को चुनाव नजिकदैछ स्वतन्त्र उम्मेदवार दिनुभएको रहेछ, कस्तो छ माहोल ?
म आफै घरदैलोमा सरिक छु। मेरा प्रतिबद्धताहरु वास्तविक छन् । सतप्रतिशत लागू गर्न सक्षम छु। यसो भएमा आर्थिक क्षेत्र तथा समृद्ध नेपालको लागि उत्कृष्ट कार्यक्रम भएको हुनाले अति महत्त्वकांक्षी उद्देश्यहरू समाहित गर्न पाउँदा जनतामा उत्साहको जनलहर रहेको छ ।

मतदाताले तपाईँको एजेण्डालाई विजय गराउलान ?
अब समय खेर फाल्ने छैन बेला छैन । वास्तविक राष्ट्रिय योजनाकारको विकल्प अर्को कोही हुन सक्दैन । जनताले आफ्नो स्वच्छ विवेक अनि अधिकारको प्रयोग गर्दै महान लक्ष्य प्राप्तीका लागि अघि लम्किरहेको पाइलालाई साथ दिँदै अघि बढिरहेको हुनाले माहोल अत्यन्त सकारात्मक सफल बन्दैछ।

प्रमुख राजनीतिक दलको दबदबा रहेको काठमाडौँको ५ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन कसरी आट गर्नुभयो ?
राष्ट्रिय राजनीतिका महान हस्तीहरू मेरो अगाडि फिक्का भइसकेको हुनाले तथा जनताको पूर्ण साथ मलाई दिइसकेको हुनाले । जनताको साथ र विश्वास सधैं भन्दा शक्तिशालीका साथ भएको हुनाले प्रमुख दलहरु वा सबै राजनीतिक दलहरु जनताको आँखामा कसिङ्गर साविद भइसकेका छन्।

तपाईँलाई नै भोट दिनुको आधार के ?
मेरा प्रतिबद्धताहरू राष्ट्रिय खाकासहितका वास्तविक भएको हुनाले पाँच वर्षभित्रमा १५ लाख प्रति व्यक्ति आयईपुर्याउने खालका अति दूरदर्शी साथै महत्त्वकांक्षी छन्। जो नितान्त देशको समृद्धता अनि जनतासँग सम्बन्धित भएको हुनाले युवाहरूको संलग्नताले आमुल परिवर्तनको मुख्य खाकाहरु तय छन् ।

भोलि विजय भइहाल्नुभयो भने यस क्षेत्रको केकेमा सुधार ल्याउनु हुन्छ ?
प्रतिबद्धता अनुसारका १४ वटा लक्ष्यहरू एक वर्षभित्र पूरा गरी जनतामा उत्साहको बाढी ल्याउनेछु।

अन्त्यमा केही भन्नु छ ?
आदरणीय सम्पूर्ण मतदाताज्यूहरु, वास्तविक व्यक्ति चयन गर्ने समय नजिक आइपुगेको हुनाले आम नेपाली आमाबाहरु सन्ततिहरू होस्टेमा हैसी गरी एउटै डोरीमा बाँधिन कुनै ढिलाई नगरौं एकता नै बल  हो।