९ फागुन, काठमाडौं । रास्वपाका कार्यकर्ताले दाङलाई नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, एमाले अध्यक्षविरुद्ध असभ्य शब्दहरू प्रयोग गरी नारावाजी भएको हो वा होइन भन्ने बारे स्पष्टीकरण दिनुपर्ने छ ।

