काठमाडौं । २१ फागुनमा हुने निर्वाचनका लागि ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
शुक्रबारसम्म ती दलहरूले घोषणापत्र सार्वजनिक गरी जानकारी गराएको निर्वाचन आयोग ले जनाएको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुन का अनुसार प्रत्यक्षतर्फ ६७ र समानुपातिकतर्फ ६३ दल निर्वाचनमा सहभागी छन् । तीमध्ये ४१ दलले मात्र घोषणापत्र पेस गरेका हुन् । आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको थियो । तर, अझै केही दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ अनुसार राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गरी नागरिकसमक्ष जवाफदेही बन्न आयोगले आग्रह गरेको छ ।

