Breaking News

कांग्रेस सरकार बनेपछि कसैले पनि झुटो मुद्दा खेप्नुनपर्ने र कसैले फाइल बोकेर अदालत धाउनु नपर्ने – सभापति थापा

नेपाली कांग्रेसले हिजो जनकपुरमा प्रतिज्ञा सभा गर्यो । त्यही सभाबाटै काँग्रेसले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन घोषणपत्र समेत सार्वजनिक गरेको छ । सभाबाट सभापति सभापति गगन थापाले सार्वजनिक गरेका छन् ।
सभामा बोल्ने क्रममा सभापति थापाले अब कुनै पनि नेपालीले झुटा मुद्दाको सिकार बन्नु नपर्ने बताएका छन्।

थापाले कांग्रेस सरकारमा आएपछि कसैले पनि झुटो मुद्दा खेप्नुनपर्ने बताएका हुन्।

हातमा फाइल बोकेर काठमाडौंको अदालत धाउनुपर्दैन। यो हाम्रो प्रतिज्ञा हो,उनले भने।

सभापति थापाले किसानले मलखात कहिले पाइन्छ भनेर पीर गर्नु नपर्ने र युवकहरूले लाइसेन्स बनाउन जाँदा घुस दिन नपर्ने व्यवस्था पनि कांग्रेसले गर्ने बताए।

साथै सरकारका मन्त्रीहरूले भ्रष्टाचार नगर्ने कुराको ग्यारेन्टी पनि कांग्रेसले लिने उनको भनाइ छ।

यो केबल खोक्रो भाषण होइन। कसरी गर्ने ? कसरी सकिन्छ ? प्रत्येक कुराहरूको खोजी गरेर आएका छौं ।